‘राज्यको कर आतंक बन्द गर’ भन्दै सुनचाँदी व्यवसायीको आन्दोलन जारी (तस्बिरहरू)
२०८२ असार २४ गते

काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले आज पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।
मंगलबार पनि व्यवसायीहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
उनीहरूले सुन तथा सुनका गहनामा लगाइएको दुई प्रतिशत विलासिता कर, हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लगाइएको भन्दै यसलाई हटाउन माग गरेका छन् ।
उनीहरूले सुनको भन्सार ६ प्रतिशत कायम गर्न, सुनचाँदीको कारोबारको लागि स्पष्ट नीति, नियमावली निर्माण गर्न, सुन तथा सुनका गहनामा लगाइएको दुई प्रतिशत विलासिता कर, हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका छन् ।
उनीहरूले हाम्रो पसिना, हाम्रो पहिचान, सुनचाँदी व्यवसाय हाम्रो सम्मान लगायतका प्लेकार्ड र नारासहित विरोध गरिरहेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :

२०८२ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








