ज्ञानेन्द्र शाह ७९ औं वर्षमा, निर्मल निवासमा शुकामना दिनेको भीड

काठमाडौं । नेपालको इतिहासमा दुई पटक राज्यारोहण गर्ने तर अन्ततः गणतन्त्र स्थापनासँगै साधारण नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७७औं जन्मदिवस मनाउँदै छन् । विसं. २००४ असार २३ गते नारायणहिटी राजदरबारमा जन्मनुभएका शाहको जीवन अप्रत्याशित राजनीतिक आरोह-अवरोहले भरिएको छ ।

जन्मदिवसको अवसरमा उनलाई शुभकामना दिन आज बिहानैदेखि काठमाडौंको निर्मल निवासमा शुभेच्छुक तथा राजसंस्थाका समर्थकहरूको बाक्लो उपस्थिति रहेको छ । निवासले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सर्वसाधारणका लागि शुभकामना आदानप्रदानको कार्यक्रम राखेको छ, जहाँ समर्थकहरूले पुष्पगुच्छा र शुभकामना सन्देशसहित पूर्वराजाप्रति सम्मान व्यक्त गरिरहेका छन् ।

राजगद्दीका प्रत्यक्ष उत्तराधिकारी नभए पनि शाहको जीवनमा पहिलो पटक राजा बन्ने अवसर बाल्यकालमै आइलागेको थियो । विसं. २००७ सालको राजनीतिक सङ्कटका बीच, जतिबेला राजा त्रिभुवन र राजपरिवारका अन्य सदस्यहरू भारतमा शरण लिन पुगे, तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले साढे तीन वर्षीय बालक ज्ञानेन्द्रलाई राजगद्दीमा राखेका थिए । यद्यपि, दिल्ली सम्झौतापछि राणा शासनको अन्त्य र राजा त्रिभुवनको स्वदेश फिर्तीसँगै उनको त्यो पहिलो शासनकाल करिब तीन महिनामै (विसं २००७ कात्तिक २२ देखि फागुन ७ सम्म) समाप्त भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =