नेकपा एसको सचिवालय बैठक : नेताहरू बोल्ने क्रम सकियो, मंगलवार पुनः बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको अर्को बैठक मंगलवारका लागि बोलाइएको छ ।

आइतबार बसेको बैठकमा पार्टीका नेताहरूले बोल्ने क्रम सकिएपछि बैठकको निष्कर्ष र निर्णय सार्वजनिक गर्न मंगलवार बिहान ११ बजेका लागि बैठक बोलाइएको पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले बताएका हुन् ।

उनकाअनुसार आइतबारको बैठकमा पार्टीको तर्फबाट सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता डा. वेदुराम भुसाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरूले समसामयिक राष्ट्रिय राजनीति, संगठन निर्माण लगायतको विषयमा आफ्ना विचारहरू राखेका छन् ।

उनले बैठकमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाक्रीको विषयमा कुनै छलफल नभएको पनि स्पष्ट पारे ।

उनले भने, ‘कुनै व्यक्ति विशेषको बारेमा हाम्रो बैठकमा एजेण्डा बनेको छैन । पार्टी सचिवालयको बैठकमा राष्ट्रिय राजनीति, समसामयिक विषयवस्तुहरूमा, आन्दोलनका विषयमा, संगठनात्मक विषयका एजेण्डाहरु छन् । ती एजेण्डाहरुमा केन्द्रित भएर नेताहरूले आ–आफ्ना धारणाहरू राखेका छन् ।’

उपाध्यक्ष ज्वालाले बैठकमा सरकारको कार्यसम्पादनको विषयमा पनि छलफल भएको बताए । उनले सरकारसँग जनता अत्यन्त निराश र केही अपेक्षा पनि नराखेको टिप्पणी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 10 =