विमलेन्द्रको आरोप– स्थानीय तहमा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना गरेन

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् ।

जनकपुरमा शनिवार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले नेपाली काँग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामुहिक अभियानमा जोडिन नखोजेको बताए ।

एमालेले नगरपालिकाको बजेट ल्याउन समस्या सिर्जना गरिरहेको उनको आरोप छ । मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउन दिने भन्दै कतिपय नगरपालिकाहरुमा अवरोध गरेको आरोप लगाए ।

सांसद निधीले भन्नुभयो, ‘नेपाली काँग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार छ । एमाले आउँदैन त के गर्ने रु समस्या त यही भइरहेको छ । नारायण नगरपालिकामा एमालेले बजेट पारित गर्न दिएको छैन, बैठक बस्न दिइरहेको छैन । मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउनुस् रे । प्रधानमन्त्रीको अधिकार कटौति हुनेगरी क्याबिनेटको नियम बनाउँदा मान्छ । सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना भइरहेको छैन । सामुहिक सरोकारको विषयमा अवरोध भइरहेको छ ।’

सांसद निधीले राजनीतिक प्रतिशोधका कारण नेताहरु एउटाले ल्याएका योजनाहरु ल्याउन नदिने वा अवरोध गर्ने काममा लागेको आरोप लगाउनु भयो । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =