स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
२०८२ असार २० गते

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमण पूरुा गरी स्वदेश फर्किएका छन् ।
शुक्रवार साँझ प्रधानमन्त्री ओली त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका प्रधानमन्त्री ओली शुक्रवार कतारको दोहा हुँदै स्वदेश फर्किएका हुन् ।
६ दिने स्पेन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबिच भेटवार्ता गरे । स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबिच पनि दुई पक्षीय भेटवार्ता भएको थियो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असार १४ गते शनिवार स्पेन प्रस्थान गरेका थिए ।
२०८२ असार २० गते
प्रतिक्रिया
सम्बन्धित








