काठमाडौं उपत्यकामा इन्टरनेटको पहुँच ७८ प्रतिशत

काठमाडौँ । नेपालमा सहरी जनसंख्या २७ प्रतिशत रहेको छ ।

शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । सहरी जनसंख्या बागमती प्रदेशमा सबैभन्दा बढी ५६ प्रतिशत सहरी जनसंख्या बसोबास गर्ने गरेको छ । काठमाडौं उपत्यकामा ९१।७ प्रतिशत सहरी क्षेत्रमा बसोबास गर्दछन् । सहरीकरण प्रायः खेतीयोग्य जग्गामा भइरहेको तथ्यांकले देखाएको छ ।

सुदूरपश्चिममा झन्डै १७ प्रतिशत खेतीयोग्य जग्गा सहरीकरणका कारणले घटेको जनसंख्या शाखाका निर्देशक राजन सिलवालले बताए । सुदूरपश्चिम, गण्डकी, कर्णाली प्रदेशमा खेतीयोग्य जग्गा थोरै भएको र भविष्यमा ठूला ठूला सहरीकरणका सम्भावनाहरू यी प्रदेशमा कम हुनसक्ने आँकलन गरिएको बताए ।

महानगरहरूमा भाडामा बसोबास गर्नेहरूको संख्या धेरै (करिब ४३ प्रतिशत) रहेको बताए । गाउँपालिकामा भाडाका घरमा बसोबास गर्ने परिवार संख्या २.६ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको बताए ।

सहरी क्षेत्रमा इन्टरनेटको पहुँच

इन्टरनेटको पहुँच काठमाडौं उपत्यकामा झन्डै ७८ प्रतिशत भन्दा माथि रहेको देखिएको छ । सहरीकरण हुँदै जाँदा व्यक्तिहरूको इन्टरनेटमा पहुँच पनि विस्तर हुँदै गइरहेको तथ्यांकले देखाएको बताए । आर्थिक रुपमा सक्रिय जनसंख्या पनि बिस्तारै बढ्दै गएको उनले बताए ।

सहरीकरणसँगै आफ्नै घरमा बस्ने भन्दा भाडका घरमा बस्ने परिवारहरूको संख्या बढी रहेको छ । सहरीकरण बागमती, कोशी, मधेस र लुम्बिनी प्रदेशमा क्रमशः बढी रहेको छ । जनगणना २०७८ अनुसार प्रत्येक ४ वटा नगरपालिकामध्ये एउटामा ऋणात्मक जनसंख्या वृद्धि रहेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =