‘सुन विलासिता होइन’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

शुक्रवार पनि व्यवसायीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले सुन तथा सुनका गहनामा लगाइएको दुई प्रतिशत विलासिता कर, हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लगाइएको भन्दै यसलाई हटाउन माग गरेका छन् ।

उनीहरुले सुनको भन्सार ६ प्रतिशत कायम गर्न, सुनचाँदीको कारोबारको लागि स्पष्ट नीति, नियमावली निर्माण गर्न, सुन तथा सुनका गहनामा लगाइएको दुई प्रतिशत विलासिता कर, हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका छन् ।

उनीहरुले हाम्रो पसिना, हाम्रो पहिचान, सुनचाँदी व्यवसाय हाम्रो सम्मान लगायतका प्लेकार्ड र नारासहित विरोध गरिरहेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =