रास्वपाले बोलायो सचिवालय बैठक, सागर ढकालले पाउँलान् टिकट ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ । कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आज बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठकमा रूपन्देही क्षेत्र नम्बर ३ को आसन्न उपनिर्वाचन, समसामयिक राजनीतिक अवस्था र पार्टीभित्रका विविध विषयमा छलफल हुनेछ । प्रवक्ता झाका अनुसार सचिवालयका सबै सदस्यलाई बैठकमा अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।

रूपन्देही-३ को उपनिर्वाचनलाई लिएर रास्वपाले आन्तरिक गृहकार्य सुरु गरिसकेको छ । बैठकमा उम्मेदवार चयन प्रक्रिया, गठबन्धन समन्वय, चुनावी रणनीति र स्थानीय संगठन सुदृढीकरणका विषयमा निर्णय हुने बताइएको छ ।

दलहरू उम्मेदवार छान्ने छलफलमा जुटिसकेका छन् भने नेकपा (एमाले) ले खिमलाल भट्टराईलाई चयन गरिसकेको छ । रास्वपाबाट सागर ढकालको नाम चर्चामा छ । अघिल्लो निर्वाचनमा ढकाल डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 14 =