राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा. शैल रूपाखेतीलाई थप जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलद्वारा गरिएको नियुक्तिसम्बन्धी जानकारी राष्ट्रपति कार्यालयले मंगलबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।

डा.रूपाखेती हाल जर्मनीस्थित बर्लिनमा नेपाली दूतावासमार्फत कार्यरत छन् ।

नयाँ जिम्मेवारीसँगै उनी अब तीन युरोपेली राष्ट्रसँग नेपालका कूटनीतिक सम्बन्ध सुदृढ गर्न सक्रिय हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =