संघीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ ।

आइतबारको प्रतिनिधि सभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसमाथि छलफल भई मन्त्री गुप्ताले छलफलमा उठेका प्रश्नको जवाफ दिए । मन्त्रीले जवाफ दिइसकेपछि सदनमा संघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे ।

प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरूले सहमति जनाएसँगै विधेयक पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =