गृहमन्त्रीलाई राप्रपाको चेतावनी : धेरै फुर्ती नदेखाउनुस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ती नदेखाउन चेतावनी दिएकी छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन् ।

उनले मानव तस्करीको नाममा किन नेपाली जनतालाई लुटेको भन्दै प्रश्न गरिन् । उनले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भए पनि चम्मु बाठो पाएको जिकिर गरिन् । उनले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन गरेको आरोप लगाइन ।

उनले भनिन् ‘गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनतालाई किन लुटिँदै छ, यसको जवाफ छ, गृहमन्त्रीज्यू रु बिपीले भन्नुभएको थियो, जो कार्यकर्ता नेताको ज्यादती सहेर बस्छन्, कि त ती चरम अवसरवादी हुन्, कि त दास हुन् । तपाईँहरू कुन वर्गमा पर्नुहुन्छ । गृहमन्त्रीज्यूलाई मैले त सोझो ठानेको थिएँ, तर उहाँ त चम्मु बाठो हुनुहुँदो रहेछ । उहाँले त यस्तो समिति बनाउनु भयो की उहाँलाई फुत्किन र कमाई बचाउन धेरै सजिलो भयो । धेरै फुर्ती नदेखाउनुस् गृहमन्त्रीज्यू, एक दिन यस्तो समय आउँछ, पल्लो छेउबाट ओल्लो छेउ आउनु हुन्छ । तपाईँले दैनिक भिजिट भिसाका नाममा ५० लाख देखि एक करोडसम्म असुली गर्नुभएको छ । नेपाली जनतालाई बेच्नुभएको छ ।’

उनले गृहमन्त्रीले तत्काल राजीनामा माग गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =