सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा अर्बौँ असुली गरिरहेको छ, निष्पक्ष छानबिन होस् : सांसद खतिवडा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौैं रुपैयाँ लिएर बदमासी गरिरहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको बताए । केही मानिसहरु यदाकदा संसदमा आएर उफ्रिने काम भएको पनि बताए ।

यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाउन माग गरे ।

उनले भने ‘आफ्ना कुरा राख्ने, अरु माननीय सदस्यहरूले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसदमा जारी छ, यसलाई अन्त्य गर्न अनुरोध गर्न चाहन्छु । सुमिरे टुर एण्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो । विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ र तिनै मान्छेहरू यदाकदा संसदमा आएर उफ्रिने काम भएको छ, यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अघि बढोस् ।’

सांसद खतिवडाले आफ्ना कुरा राख्ने, अरु माननीय सदस्यहरूले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसदमा जारी रहेको भन्दै यसको अन्त्य गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =