बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भयो : सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले विकासको नाममा बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भएको टिप्पणी गरेका छन् ।

‘तुइनको खतरापूर्ण डोरी काटेर बजेटको पोटली बाँडिँदा, उत्तरदायित्व नामको लङ्गोटी कसैको नजरमा परेन’, शर्माले लेखेका छन्, ‘हामी त अझै त्यो डोरीमै समात्न बाध्य छौँ, यसैमा विकास खोज्ने कि आलोचना गर्ने ?’

उनले बजेटले समन्यायिक वितरण, समान पहुँच र जबाफदेहिता सुनिश्चित गर्न नसकेको जनाउँदै मुलुक बनाउने नाममा गरिएको खर्चले जनतालाई पारि पुर्‍याओस् भन्ने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =