सुनचाँदी व्यवसायी : सटर बन्द गरेर उत्रिए आन्दोलनमा

काठमाडौँ । सटर बन्द गरेर सुनचाँदी व्यवसायीहरू पुनः आन्दोलनमा उत्रिएका छन् ।

आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायीहरूले सटर बन्द गरेका हुन् ।

न्युरोड लगाएतका स्थानहरूमा सुनचाँदी पस बन्द रहेको छ । विनियोजन विधेयक पास हुँदा पनि आफूहरूको माग सम्बोधन नभएकाले पुनः आन्दोलन गर्नुपरेको सुनचाँदी व्यवसायीहरूको भनाइ छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै व्यवसायीहरूले आन्दोलन सुरु गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै उनीहरुले आन्दोलन स्थगित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 16 =