काँग्रेस महाधिवेशन समयमै हुन्छ : देउवा (भिडिओ)

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस महाधिवेशन समयमै हुने बताएका छन् । चितवन विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।
नेपाली काँग्रेसको महाधिवेशन समयमा हुनबाट रोक्न लागिएको भन्दै अहिले केही नेता र कार्यकर्ताहरूले विरोध जनाउँदै आएका छन् । सोही प्रसंगमा सञ्चारकर्मीहरूको जिज्ञासामा सभापति देउवाले समयमै काँग्रेस महाधिवेशन हुने बताए ।
सभापति देउवाले बजेटमा टेक एण्ड पेको सामान्य कुरा हटिसकेपछि बजेट पास भएको र यसलाई ठूलो रुपमा हेर्न नहुने बताए ।
सभापति देउवाले भने ‘एउटा सानो कुरा थियो । टेक एण्ड पे भन्ने हट्यो, बजेट पास भइसक्यो । सानो कुरा हो । ठूलो कुरै होइन । काँग्रेस महाधिवेशन समयमै हुन्छ । कहाँबाट हुनु झुटो कुराहरू हो ।’
सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा झुटो रहेको बताए ।








