छुट्टाछुट्टै जबरजस्ती करणीको अभियोगमा ३ जना पक्राउ

काठमाडौँ । कैलाली, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका–८ लोहरपुर बस्ने २३ वर्षीय लक्ष्मण बहादुर साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लक्ष्मण बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै सुर्खेत, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बीरेन्द्रनगर नगरपालिका–५ श्रीनगरटोल बस्ने १९ वर्षीय अरूण परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अरूणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको हो ।
बारा, ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेटा गाउँपालिका–३ बस्ने २२ वर्षीय कृष्णा साह तुरहालाई बिहीबार बिहान प्रहरीले पक्राउ
गरेको छ । कृष्ण साहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यलयले जानकारी दिएको छ ।








