स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाइ बिदा हुँदै स्वीस सरकार

काठमाडौँ । स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाउँदै स्वीजरल्याण्ड सरकार नेपालको स्थानीय तहको पूर्वाधार निर्माणबाट बिदा हुने भएको छ ।

विगत लामो समयदेखि नेपालको पूर्वाधार विकासमा स्थानीय तहमा स्वीस सरकारले पुल र सडकको डिजाइनसहित आवश्यक प्राविधिक सहयोग गर्दै आएको थियो । उक्त सहयोग अब नेपाल सरकारलाई नै सक्षम बनाएर नेपाल सरकारबाटै उक्त काम गराउने उद्देश्यअनुसार हस्तान्तरण गर्न लागिएको हो ।

आजबाट स्वीस सरकारले नेपालको स्थानीय तहमा गर्दै आएको पूर्वाधार विकासको क्षेत्रको सहयोगको स्मरणमा गरेका कामहरूको दृश्यहरू समेत प्रदर्शनमा राखिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले नेपालको पूर्वाधार विकास क्षेत्रमा स्वीस सरकारले धेरै सहयोग गर्दै आएको बताए ।

स्थानीय स्तरमा रहेका सडक र पुलहरूलाई कसरी डिजाइन गर्ने भनेर यसमा आवश्यक पर्ने प्राविधिक र आर्थिक सहयोग गर्दै आएको बताए । दुई दिने सम्मेलनबाट सहयोग नेपाल सरकारलाई नै निर्माणको लागि सक्षम बनाइ समापन गर्न लागिएको जानकारी दिए ।

उनले भने ‘नेपालको पूर्वाधार विकासको क्षेत्रमा स्विस सरकारले निकै सहयोग गर्दै आइरहेको छ । यो स्थानीय स्तरमा रहेका सडक र पुलहरूलाई कसरी डिजाइन गर्ने भनेर यसमा आवश्यक पर्ने टेक्निकल र आर्थिक सहयोग गर्दै आउनुभएको छ । पुल र सडकहरूको पूर्वाधारमा गर्दै आउनुभएको सहयोगको समापन गर्दै हुनुहुन्छ । नेपाल सरकारले अब आफैँ स्थानीय स्तरका सडक र पुल बनाउनसक्ने सक्षम बनाएर हस्तान्तरण गर्दैछ । दुई दिनसम्म यो एसडिसीको योजनाको फेज आउट हुन गइरहेको छ । दुई दिनमा यो सम्मेलन सकिन्छ ।’

बुधवारबाट एसडिसीको योजनाको फेज आउट हुने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =