ओली र पौडेललाई फोन गरेर देउवाले भने– ‘टेक एण्ड पे’ नहटाए बजेट पारित हुँदैन

काठमाडौं । नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको ‘टेक एन्ड पे’ प्रणालीको व्यवस्थालाई हटाउन कडा अडान लिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गर्दै उक्त प्रावधान हटाउन माग गरेका छन् ।

‘पार्टीका साथीहरू मान्न तयार हुनुहुन्न, यसले निजी लगानीलाई हतोत्साहित गर्छ,’ कांग्रेस पदाधिकारीसमेत रहेका एक सांसदले भने, ‘सभापतिज्यूले यो व्यवस्था हटाएर मात्र बजेट पारित गर्न आग्रह गर्नुभएको छ ।’

स्रोतका अनुसार देउवा निकट भविष्यमै प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष भेट गरेर पनि यो विषयमा छलफल गर्ने तयारीमा छन् ।

उता, ऊर्जामन्त्री दीपक खडकाले समेत संसदमा बोल्दै ‘टेक एन्ड पे’ प्रावधान संशोधन हुने विश्वास व्यक्त गरेका थिए । उनले बजेटको संशोधनमार्फत निजी क्षेत्रका चासो सम्बोधन हुने संकेत दिएका छन् ।

कांग्रेस सांसदहरू, जलविद्युत् प्रवद्र्धकहरू र व्यवसायीहरू भने यस व्यवस्थाले निजी क्षेत्रको लगानी अवरुद्ध हुने र रोजगारी समेत खतरामा पर्ने बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =