खेल क्षेत्रमा युवाको आत्मबल बढाउन नगद प्रोत्साहन र तालिमको व्यवस्था

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमा युवाको आत्मबल र संलग्नता बढाउन मन्त्रालयले विविध योजना अघि सारेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले खेलाडीहरूलाई नगद प्रोत्साहन, खेल सामग्री, तालिम र पूर्वाधार विकासमा ध्यान केन्द्रित गरिएको जानकारी दिए ।

उनका अनुसार खेल क्षेत्रमा विभिन्न खेल पुरस्कार योजना, अनुभवी प्रशिक्षकको व्यवस्था, र खेलकुद विज्ञानमा आधारित तालिम प्रणाली सुरु गरिएको छ । मन्त्री चौधरीले दीर्घकालीन रूपमा राष्ट्रको प्रतिस्पर्धात्मक खेल क्षमतामा सुधार ल्याउने लक्ष्यसहित योजना अघि बढाइएको उल्लेख गरे ।

मन्त्री चौधरीले युवा पलायन न्यूनीकरणका लागि आत्मनिर्भर र उद्यमशील बनाउने नीति मन्त्रालयले अवलम्बन गरेको बताए । “युवालाई देशमै अवसर सिर्जना गर्ने गरी कार्यक्रम बनाएका छौं,” उनले भने ।

मन्त्रीका अनुसार खेल पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । “खेलाडीहरूको क्षमता अभिवृद्धिमा लगानी गर्दा देशको गौरव बढ्नेछ,” मन्त्री चौधरीले भने ।

उनले मन्त्रालयबाट विनियोजित बजेटको प्रभावकारी उपयोग, कानुनको पालना, कार्यान्वयनका माइलस्टोन तथा वित्तीय अनुशासनका सबै पक्षहरूमा मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =