प्रज्ञा प्रतिष्ठानको ६८ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना भएको छ ।
सोमवार प्रतिष्ठानले आफ्नो ६८ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गरेको हो । महोत्सवमा कविहरूले आफ्नो रचनाहरू सुनाए ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले अहिलेको समयमा कविता विचार सम्प्रेषण गर्ने, विचार अभिव्यक्त गर्ने सर्वाधिक शक्तिशाली माध्यम भएको बताए । उनले विचारलाई व्यक्त गर्ने महत्वपूर्ण र धारिलो हतियारका रुपमा कवितालाई चित्रण गरे ।
उनले भने ‘अहिलेको समयमा कविता विचार सम्प्रेषण गर्ने, विचार अभिव्यक्त गर्ने सर्वाधिक शक्तिशाली माध्यम हो । विचारलाई व्यक्त गर्ने महत्वपूर्ण र धारिलो हतियार कविता हो । नेपाल प्रज्ञा प्रतिष्ठानले ६ दशक यता कविता महोत्सव गरिरहेको छ । यो ६८ औं वार्षिकोत्सव हो ।’
वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सवको आयोजना गरिएको छ । जसमा कविहरूले आफ्ना सिर्जनाहरू वाचन गरेर सुनाए ।
प्रतिष्ठानले ६८ औं वार्षिकोत्सव मनाइरहेको हो ।








