ऊर्जा मानव जीवनको लागि अक्सिजन सरह : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा मानव जीवनको लागि अक्सिजन सरह अत्यावश्यक भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा विनियोजन शिर्षकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री खड्काले ऊर्जा निर्यात र सदुपयोग मात्र नभई समृद्ध राष्ट्रको मेरुदण्ड भएको स्पष्ट पारेका हुन् ।

मन्त्री खड्काले आगामी दश वर्षभित्र नेपालले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको जानकारी दिए ।

उनका अनुसार, यसमध्ये १३ हजार ५०० मेगावाट आन्तरिक प्रयोगका लागि र १५ हजार मेगावाट निर्यातका लागि छुट्टाइएको छ ।

भारतसँग १० हजार मेगावाट र बङ्गलादेशसँग ४० मेगावाट विद्युत् निर्यातको सम्झौता भइसकेको उनले बताए । बङ्गलादेशको माग र उत्पादन क्षमता अनुसार १५ हजार मेगावाटसम्म निर्यात गर्न सकिने अनुमान गरिएको छ ।

मन्त्री खड्काले ऊर्जा केवल पूर्वाधारको विषय नभएर राष्ट्रको समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्दै भने, “ऊर्जा अब हाम्रो जीवनका लागि अक्सिजन सरह बनेको कुरा हामीले महसुस गर्न थालेका छौँ । दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बन्दै ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु सबैको कर्तव्य हो ।”

सरकारले यो लक्ष्य पुरा गर्न कुल ९८ दशमलव ९ अर्ब डलर लगानी आवश्यक पर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =