जसपा, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
२०८२ असार ७ गते

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टीको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको हो । शनिवार मध्यान्हदेखि सुरु भएको बैठकमा सरकारले ल्याएको भूमि सम्बन्धी विधेयकबारे केन्द्रित रहने बताइएको छ ।
साथै वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ ।
२०८२ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित








