विश्वमा नेपालको परिचय र ब्राण्डिङलाई स्थापित गर्नुपर्छ : बद्रीप्रसाद पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वमा देशको परिचय र ब्रान्डिङलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।

उनले देशभित्र आफ्नो सम्पत्तिलाई संरक्षण, विकास र प्रवर्धन गर्नेका साथै देशबाहिर पनि परिचयलाई स्थापित गर्नुपर्ने बताए । उनले बौद्धिक सम्पत्तिमाथिको अधिकारलाई कानुनहरूले सुनिश्चित नगरिदिएको कारणले कतिपय अवस्थामा पीडित हुनुपरेको जिकिर गरे ।

उनले बौद्धिक सम्पत्तिका विषयलाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले बौद्धिक सम्पत्तिको अधिकारलाई सुरक्षित गर्न नीति तथा कानुन बनाउने र कार्यान्वयन गर्ने विषयमा सरकार दृढतापूर्वक प्रस्तुत हुने जिकिर गरे ।

उनले भने ‘हामीले देशभित्र हाम्रो सम्पत्तिलाई संरक्षण, विकास, प्रवर्धन गर्ने र देशबाहिर ग्लोबल क्षितिजमा हाम्रो आफ्नो परिचय, हाम्रो आफ्नो ब्राण्डिङलाई स्थापित गर्नुपर्नेछ । बौद्धिक सम्पत्तिमाथिको अधिकार हाम्रो कानुनहरूले सुनिश्चित नगरिदिएको कारणले कतिपय अवस्थामा बडो पीडामा पनि हुनुहुन्छ होला । यी सबै विषयलाई हामीले सम्बोधन गर्ने हो, सरकारले सम्बोधन गर्ने हो । त्यसका लागि नीति बनाउने, कानुन बनाउने र कार्यान्वयन गर्ने सन्दर्भमा सरकार दृढतापूर्वक प्रस्तुत हुन्छ ।’

उनले संस्कृति नीति मन्त्रिपरिषद्मा रहेको बताउँदै उक्त नीतिले बौद्धिक सम्पत्तिलाई पनि समेटेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 11 =