वर्षाका कारण धोबीखोला करिडोर डुबानमा (तस्बिरहरू)
२०८२ असार ६ गते

काठमाडौँ । अहिले वर्षाका कारण काठमाडौंको धोबीखोला करिडोर डुबानमा परेको छ ।
बुधवार आज परेको अविरल वर्षापछि आएको बाढीले धोबीखोला करिडोरका सडक डुबानमा परेको हो ।
यसै कारण सडकमा आवत–जावत गर्ने यात्रुहरूलाई समस्या परेको छ । सडकमा गुड्ने सवारीहरू ठप्प भएका छन् ।
काठमाडौँ उपत्यकाको धोविखोला कपन जल मापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

२०८२ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








