*अफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशद्वय सर्वोच्च अदालत तानिए

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीशलाई न्याय परिषद्ले सर्वोच्च अदालत तानेको छ ।

बिहीवार बसेको न्याय परिषद्को बैठकले रौतहट जिल्ला अदालतका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई सर्वोच्च अदालतमा बोलाएको हो । आलमलाई सफाइ दिएको आदेशप्रति चौतर्फी विरोध र दबाब बढेसँगै परिषद्ले सो निर्णय लिएको बताइएको छ ।

जेठ १४ गते थारु र महर्जनको संयुक्त इजलासले पूर्वसांसद आलमलाई ज्यान मुद्दामा सफाइ दिएको थियो ।

अदालतको उक्त आदेशपछि सार्वजनिक प्रतिक्रिया चर्किंदै गएकाले न्याय परिषद्ले उनीहरूको भूमिकामाथि छानबिन गर्ने तयारी थालेको हो ।

*समाचार सर्वोच्च अदालतमा तानिएको हुनुपर्नेमा अन्यथा भएकाले सच्चाएका छौँ ।– सम्पादक

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =