पहिरोले बेंसीसहर-चामे सडक अवरुद्ध
२०८२ असार ४ गते

लमजुङ । पहिरोले बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ । लमजुङ मस्र्याङ्दी गाउँपालिका-४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ ।
२०८२ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








