कांग्रेसले बोलायो आकस्मिक केन्द्रिय समिति बैठक, के गर्ला निर्णय ?

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रिय कार्य समितिको बैठक बस्दैछ । बैठक अहिले केहीबेरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको छ । तर, यसअघि कांग्रेसले पूर्वनिर्धारित बैठक असार १५ गते बस्ने गरी बोलाएको थियो ।

पुर्व मन्त्री ढुण्डीराज शाष्त्रीको निधन भएपछि आकस्मिक रूपमा सो केन्द्रिय समिति बैठक बोलाइएको बुझिएको छ । बैठकमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ ।

शास्त्रीको पार्थिव शरीरलाई बिहान ९ः०० देखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यहीबाट शवयात्रा सुरु गरिनेछ भने शाष्त्री २०४८ र २०५१ मा शास्त्री अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =