रास्वपाको चरित्रः सत्तापक्ष बोल्दा होहल्ला, विपक्षी बोल्दा मौन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज पनि संसदमा विरोध गरिरहेको छ ।

रास्वपाले गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै संसद अवरोध गरिरहेको छ । रास्वपाका सांसदहरू वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् ।

हिजो आइतबार पनि वेल घेराउसहित नाराबाजी गरेको रास्वपाले आज पनि आन्दोलन गरिरहेको छ । तर, आज संसदमा अनौठो दृश्य देखियो ।

रास्वपाले सत्तापक्षका सांसदहरूले बजेटबारे संसद रोष्टममा बोल्दा होहल्लासहित नाराबाजी गरे ।

तर, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका सांसद शक्ति बस्नेतले बोल्ने क्रममा आन्दोलनरत सांसदहरू मौन भएर बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + five =