प्रतिनिधिसभा बैठकमा बजेटमाथि उठेका विषयको अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बेल घेराउ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वआशनमा उभिएर गरिएको विरोध कायमै राखिरहेको बखतका बाबजुद पनि शुक्रबारबाट संसद सुचारु गरिएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्न प्रस्ताव पेस गरे पछि त्यसमा हिजो देखी सुरु भएको सामान्य छलफल जारी रहने र अर्थमन्त्री पौडेलले जवाफ दिने कार्यसूची रहेको छ ।

उता, अर्थ मन्त्री पौडेलले आजको बैठकमा ‘विनियोजन विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने, प्रस्तुत गर्ने तथा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

साथै, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =