सभामुख बिचौलियाको पक्षमा उभिए : ज्ञानेन्द्र शाही (भिडिओ)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख र संसद बिचौलियाको पक्षमा उभिनुभएको आरोप लगाएका छन् ।

संघीय संसद भवनमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद र सभामुख स्वयं बिचौलियाको पक्षमा उभिएपछि संसद बहिष्कार गर्नुपरेको बताएका हुन् ।

उनले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध जनाइरहँदा सभामुखले अन्देखा गर्दै संसद सुचारु गरेको बताए । उनले एक जना सांसदले विरोध जनाउँदा संसद चलन नसक्ने नियमावली रहेको भएपनि सभामुखले नियमावली विरुद्ध गएर संसद सुचारु गरेको बताए ।

उनले भने ‘सभामुखले आज भिजिट भिसा प्रकरणमा नेपाली नागरिक विक्रीमा परेका छन् । सरकार स्वयं संलग्न छ भन्नेकुरा पछिल्ला तथ्य र प्रमाणले देखाएको छ । सफ्टवेयर नै बनाएर ठगिएको छ भन्नेकुरा बाहिरिँदा पनि संसदमा हामीले यो आवाज गृहमन्त्रीको जवाफ चाहियो भनेर ३५ जना जति सांसदले आवाज उठाउँदा सभामुखले त्यो अन्देखा गर्नुभयो । सभामुख र संसद स्वयं बिचौलियाको पक्षमा उभिएपछि हामीले संसद बहिष्कार ग¥यौँ । बहिष्कार गर्नु सिवाय अर्को विकल्प छैन । किनभने यस्तो किसिमले संसद चल्दैन ।’

प्रमुख सचेतक शाहीले संसदमा उठेका आवाज सम्बोधन नगर्ने भएपछि संसदभित्र बस्नुको औचित्य नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =