भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन : काँग्रेस सांसद बजगाईँ
२०८२ असार १ गते

काठमाडौँ । नेपाली काँग्रेस सांसद राजेन्द्र बजगाईँले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेपालको भूगोल नबुझेको मन्त्री भएको आरोप लगाएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई नेपालको भूगोल बुझेको व्यक्तिका रुपमा लिए पनि बजेटमा त्यस्तो नपाएको जिकिर गरे । उनले देशको ज्ञान राम्रोसँग नभएको व्यक्तिका रुपमा पाएको आरोप लगाए ।
उनले भने ‘अवरोध कायम रहन्छ भन्ने संकेत पाएका छौँ । बजेटको सवालमा भौतिक पूर्वाधारमन्त्रीज्युको अध्ययन, नेपालका भूगोल कस्तो छ देश, त्यो कतै ज्ञान छैन की जस्तो लाग्यो ।’
संसदको अवरोध कायम रहने जानकारी पाएको पनि बताए ।
२०८२ असार १ गते
प्रतिक्रिया
सम्बन्धित








