कारागारबाट छुटे नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम

काठमाडौं । जिउँदै ईट्टाभट्टामा मान्छे जलाएको आरोपमा जिल्ला अदालतबाट जन्मकैद तोकिएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम कारागारबाट छुटेका छन् ।

उच्च अदालत वीरगञ्ज इजलासले आलमलाई आज सफाइ दिएको छ । वीरगञ्ज अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै आलमलाई कारागारबाट छाडिएको हो ।

आलम ललितपुरको नख्खु कारागारबाट केहीबेरअघि रिहा भएका हुन् ।

उच्च अदालतका न्यायाधीशद्वयअर्जुन महर्जन र खुसीप्रसाद थारूको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको हो ।

निर्णय सार्वजनिक भएपछि उच्च अदालत आसपासमा आलमका आफन्त तथा समर्थकहरू कारागार पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =