बागमती प्रदेशसभा: धन्यवाद प्रस्ताव पारित

मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सार्वजनिक गर्नुभएको भन्दै उहाँप्रति धन्यवाद प्रस्तावलाई सर्वसम्मतबाट पारित गरिएको छ ।
‘सरकारका तर्फबाट प्रदेश प्रमुखले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको भन्दै धन्यवाद ज्ञापन प्रस्ताव पारित गरियोस्’ भनी प्रदेशसभाका सांसद गोविन्द लम्सालले सभासमक्ष प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई सांसद मधुसुदन पौडेलले समर्थन गरेका थिए ।
बुधवारको बैठकमा धन्यवाद प्रस्ताव पारित गर्नुअघि मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि टेबुल गरेका थिए । सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक यही जेठ १९ गते बिहान ११.०० बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् ।









