सबैतिर करप्शन छ : शेखर कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित बदलिँदो विश्व परिवेशमा नेपालले अंगाल्नुपर्ने आर्थिक नीति विषयक अन्तरक्रियामा बोल्दै उनले भ्रष्टाचारमा लिप्त भएकै कारणले मुलुक बन्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले अमेरिका, बेलायत लगायतका मुलुकमा बसोवास गर्ने अथवा काम गर्नेले नेपालमा पैसा पठाउनुको साटो यहाँका घरजग्गा विक्री गरेर उतै घरबार जोड्ने गरेको बताए ।

ठूला देशमा बस्नेहरुबाट भन्दा खाडीमा श्रम गरेका नेपालीले मुलुकको अर्थतन्त्र धानेको उनको भनाइ थियो । सबैतिर भ्रष्टाचार र अनियमितता रहेको भन्दै आलोचना गरे । उनले भने– ‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं । गुड गभर्मेण्ट छैन । सबैतिर करप्सन छ । सरकारले दण्डहीनतालाई प्रोत्साहन दिनु हुँदैन । त्यसको अन्त्य गर्नुपर्छ । त्यति कुरा हामीले रोक्न सक्यौं भने नेपाललाई बनाउन सकिन्छ । देश बनाउने इच्छाशक्ति प्रधानमन्त्री र सरकारको हुनुपर्छ । मुलुकको अर्थतन्त्रमा देखिएको चहलपहल रेमिट्यान्सबाटै हो । देशको अर्थतन्त्र खाडीमा गएका नेपालीहरुले धानिरहेका छन् ।’

उनले देशको अर्थतन्त्रमा भइरहेको चहलपहल रेमिट्यान्सबाट मात्रै भएको र खाडीमा गएका नेपालीहरुले धानिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =