पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले लहानमा पल्सर N125 को बहु प्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर N125 को लन्च संगीतमय साँझ मार्फत गर्ने भएको हो ।
७ गते साँझ ६ः३० बजेदेखि चौधरी होटल, लहानमा हुने यस कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र मानियाको लाइभ प्रस्तुति रहनेछ । कार्यक्रमको संचालन एम्सी अनु मानन्धरले गर्ने छन् ।
कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर N125 हो, जसमा १२४.५८cc एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ kW पावर र ११ Nm टर्क उत्पादन गर्दछ। यो १२५cc सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. का मार्केटिङ प्रमुख अमितराज चालिसेले भने ‘N125 लाई लहानमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ।’








