अखेटोपहारसहित दुई पक्राउ

चितवन । गैँडाको खाग जस्तो देखिने अखेटोपहारसहित दुई जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भरतपुर महानगरपालिका–९ बिसहजारी सडक क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने दुवै जना पुरुष रहेको उनले बताए । उनीहरूलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाको नयाँ गोरख गणको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । अनुसन्धानमा रहेका उनीहरूको नाम गोप्य राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =