लोडसेडिङ कहाँ सुरु भयो र ?- हितेन्द्रदेव शाक्य

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूहरूको उद्देश्य नाफा कमाउने नभएको बताएका छन् ।

शुक्रवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले आफूहरू सरकारी अङ्क भएको बताउँदै नाफा प्राधिकरणको उद्देश्य नभएको बताए । उनले नाफाको पछाडि लागेर लोडसेडिङ गर्नु हुँदैन भन्ने आफूहरूको मान्यता रहेको बताए । उनले पाएको खण्डमा नाफा लिने र नाफाकै लागि भन्दै विद्युत काट्ने काम नगर्ने बताए । उनले लोडसेडिङ गर्नहुँदैन भन्ने उद्देश्यका साथ उद्योगमा पनि लोडसेडिङ घटाएको दाबी गरे ।

उनले भारतबाट ल्याएर वा महँगोमा बिजुली किनेर भएपनि उद्योगधन्दामा भएको लोडसेडिङलाई घटाउने बताए । कार्यकारी निर्देशक शाक्यले भारतबाट बिजुली खरिद गर्न निर्देशन दिएको जानकारी गराउँदै घाटा लाग्छ भन्दैमा विद्युत् कटौती नहुने जिकिर गरे ।

उनले भने ‘लोडसेडिङ कहाँ सुरु भयो र ? उद्योग धन्दामा जुन लोडसेडिङ थियो, अब हामी भारतबाट ल्याएर पनि र महँगोमा बिजुली किनेर पनि १० रुपैयाँ भारुमा जति पाइन्छ त्यही किन्ने भनेर निर्देशन दिएको छु । कहीँ घाटा लाग्छ भनेर रोक्न पाउँदैनौँ । सरकारी अङ्क हौँ, नाफा हाम्रो उद्देश्य होइन । पाए खाने, नाफाको पछाडि लागेर लोडसेडिङ गर्नु हुँदैन । पाए नाफा लिने, पाएन भने नाफा भनेर लोडसेडिङ गर्नै हुँदैन भन्ने उद्देश्यले उद्योगमा पनि लोडसेडिङ घटाएका छौँ ।’

उनले गत वर्षको यहीँ समयमा बेलाबेलामा विद्युत् कटौती भइरहे पनि त्यति बेला कोही कसैले आपत्ति नजनाएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =