रेशमलाई पक्राउ गर्न पत्र लेख्ने अधिकृतलाई थप २ दिन हिरासतमा अनुमति
२०८२ जेठ १ गते

काठमाडौँ । रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई थप २ दिन हिरासतमा राख्न आदेश भएको छ ।
अदालतले विष्टलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अधिकृत विष्टले वैशाख १७ गते पक्राउ गरेर कारागार पठाउन भन्दै प्रहरीलाई पत्र लेखेका थिए । तर, त्यो पत्र गैरकानुनी रहेको खुलेपछि रेशम छुटेका थिए ।
रेशमलाई पक्राउ गर्न पत्र काट्ने विष्ट नै पछि पक्राउ परेका थिए । उनी विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
२०८२ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित








