रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ सकियो
२०८२ वैशाख ३१ गते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने माग गर्दै दायर भएको मुद्दाको सुनुवाइ सकिएको छ ।
मिश्रलाई गैरकाकानुनी रुपमा थुनुवामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।
उक्त प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिल पोखरेलको इजलासमा परेको थियो । मुद्दाको प्रारम्भिक सुनुवाइ सकिएको छ ।
१५ चैतमा तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि प्रहरीले सोही दिन मिश्रलाई पक्राउ गरेको थियो । मंगलबार जिल्ला अदालत काठमाडौंले पाँच दिन पुनः म्याद थपेको छ ।
२०८२ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित








