प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८२ वैशाख ३१ गते

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले आज साँझ ६ बजे बस्ने गरि मन्त्रीपरिषद् बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारमा बस्नेछ । यो मन्त्रीपरिषद्को नियमित बैठक हो ।
मन्त्रीपरिषद्को नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर त्यस दिन सार्वजनिक बिदा परेका बैठक बस्न सकेको थिएन ।
आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ ।
गभर्नरमा विश्व पौडेलको नाम चर्चामा छ ।
२०८२ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित








