राष्ट्रिय सभामा बजेटको सिद्धान्त र प्राथमिकता पेश

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा पेश गरेको छ ।

आईतवार राष्ट्रिय सभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता छलफलका लागि गर्ने प्रश्ताव पेश गरेका छन् ।

उनले संसदले पारित गरेको नीति तथा कार्यक्रम अनुरुप सिद्धान्तहरुका आधारमा बजेट आउने बताए ।

अर्थतन्त्रका उदयमान क्षेत्रलाई प्रोत्साहन गरिने, निजी क्षेत्रमैत्री, प्रतिष्पर्धी र आत्मनिभर अर्थतन्त्र निर्माणमा जोड दिने बताए ।

नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशिलता र विकासमा तिब्रता हाँसिल गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । विकासको ढाँचा, गति र संस्कृति बदल्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 13 =