जनकपुर र बर्दिबासमा लक्ष्मी अटोकोम्पको निःशुल्क ब्याट्री जाँच शिविर

काठमाडौं, वैशाख २७ — नेपालका लागि TATA GREEN BATTERIES का आधिकारिक वितरक लक्ष्मी अटोकोम्प प्रालिले पहिलोपटक जनकपुर र बर्दिबासमा निःशुल्क ब्याट्री चेकअप शिविर आयोजना गर्ने भएको छ । आगामी ३० वैशाख, मंगलबारदेखि सञ्चालन हुने उक्त शिविरमा गाडीका ब्याट्रीको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।

लक्ष्मी अटोकोम्पका अनुसार, शिविरमा सहभागी ग्राहकहरूले आफ्नो गाडीको ब्याट्री परीक्षण गराउनुका साथै TATA GREEN BATTERIES खरिद गर्दा उपयुक्त मूल्य छुट, कुपन तथा आकर्षक गिफ्टहरू समेत प्राप्त गर्न सक्नेछन्।

शिविरको तालिका यसप्रकार रहेको छ:-

  • ३० वैशाख – श्रेष्ठ ट्रेडर्स, बर्दिबास
  • ३१ वैशाख – स्टार जनरल सप्लायर्स, बजनराज चौक
  • १ जेठ – श्री जानकी ट्रेडर्स, जनकपुर
  • २ जेठ – रोशन ट्रेडर्स एण्ड पार्टी, पिजारियाचोक

लक्ष्मी अटोकोम्प प्रा.लि.ले यस कार्यक्रममार्फत ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्दै ब्याट्रीसम्बन्धी सचेतना फैलाउने उद्देश्य लिएको छ । कम्पनीले आगामी दिनमा पनि विभिन्न स्थानमा ग्राहक लक्षित शिविर तथा कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =