‘काइयी एक्सचेन्ज कार्निभल २०८२’ वैशाख २९ सम्म लम्बियो, सहभागीका लागि आकर्षक अफर

काठमाडौं । राजधानीको थापाथलीमा सञ्चालित ‘KAIYI XChange Carnival 2082’ मा सर्वसाधारणको उल्लेखनीय उत्साह देखिएपछि कार्निभलको अवधि एक दिन थप गरिएको छ । अब यो कार्यक्रम आगामी वैशाख २९ गते (मे १२, २०२५) सम्म सञ्चालन हुनेछ ।
काइयी नेपालले आयोजना गरेको उक्त कार्निभल थापाथलीस्थित काइयी सोरुम छेउ (हुण्डाई सोरुमको विपरित) मा हरेक दिन बिहान १० बजेबाट साँझ ७ बजेसम्म सञ्चालन भइरहेको छ । कार्यक्रम अन्तर्गत जुनसुकै ब्राण्डका पुराना गाडीहरू (ICE वा EV) काइयीका नयाँ विद्युतीय सवारीसाधनहरूसँग साट्न सकिने सुविधा उपलब्ध गराइएको छ । ग्राहकहरूले एक्सचेन्जका लागि आएका गाडीहरूको स्थानमै विज्ञद्वारा मूल्याङ्कन गराउन सक्नेछन्, साथै सहभागीलाई क्यूएफएक्स सिनेमा हेर्न दुई जनाका लागि निःशुल्क टिकटसमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
कार्निभलमा गाडी खरिदकर्ताका लागि नगद छुट, एक्सचेन्ज बोनस, बीमा तथा रोड ट्याक्स कवरेजजस्ता आकर्षक अफरहरू उपलब्ध छन् । यस्तै, ‘ई-क्युट’ खरिदमा Bosch Jet Car Washer र ‘X3 Pro EV’ खरिदमा Bosch Washing Machine निःशुल्क प्रदान गरिने बताइएको छ । ४३ लाख ९६ हजार रुपैयाँदेखि सुरु हुने ‘Kaiyi X3 Pro EV’ मा काइयीले ६ लाख ५ हजार रुपैयाँसम्मको समग्र लाभ प्राप्त गर्न सकिने दाबी गरेको छ ।
यस अतिरिक्त, कार्निभलमा आगन्तुकहरूका लागि रमाइला खेल, संगीत, परिकार स्टल, आरसी कार रेसिङ, LEGO खेल क्षेत्र, ३६० डिग्री सेल्फी बुथ, स्पिड क्याचर गेमजस्ता मनोरञ्जनात्मक गतिविधिहरूको पनि भरपूर व्यवस्था गरिएको छ । कम्पनीले सम्पूर्ण सवारीधनी, ईभी उत्साही तथा परिवारलाई कार्यक्रमस्थलमा उपस्थित भई अनुभव लिन आग्रह गरेको छ ।








