देउवाले बुढानीलकण्ठमा बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजेका लागि बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे विश्लेषण, सरकारको हालसम्मको काम कारबाहीको समीक्षा तथा पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिएकी छिन् ।

पछिल्लो समय सरकार सञ्चालनका विषयमा कांग्रेसभित्रै विभिन्न धारणा र आवाज उठिरहेका बेला बैठकले पार्टी नेतृत्वलाई रणनीतिक दिशा तय गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ । साथै, बैठकले भावी राजनीतिक समीकरण, आगामी कार्यक्रमहरू र सुदृढ संगठन निर्माणका विषयमा समेत विचार-विमर्श गर्ने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 3 =