नीति तथा कार्यक्रममा उत्पादन वृद्धि र रोजगारी प्राथमिकतामा : सचेतक बराल

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले नीति तथा कार्यक्रमले सामाजिक रुपान्तरण, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई महत्व दिएको बताएकी छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कार्यक्रमले सुशासन सहितको संघीयताको सुदृढीकरणमात्र नभई संविधान कार्यान्वयनमा देखिएका केही कानून निर्माणको विषयलाई नाम नै किटान गरेर यसै अधिवेशनबाट विधेयकहरु पास गर्ने उल्लेख गरेको बताइन् ।

उनले नीति तथा कार्यक्रमहरु आफैंमा सुन्दर बनेर आएपनि कार्यक्रमिक योजना र बजेटसम्म पुग्दा समस्या देखिने र अलमलमा पर्ने परिस्थिति भने रही नै रहने स्पष्ट पारिन् ।

सरकारद्वारा प्रश्तुत नीति तथा कार्यक्रम सन्तुलित, आत्मनिर्भर र स्वाभिमानयुक्त नीति अवलम्वन गर्नेगरी आएको र परराष्ट्रदेखि स्वदेशका विविध विषयका आयामलाई सन्तुलित ढंगबाट उठान गरिएको दाबी गरिन् ।

उनले कतिपय श्रम सम्झौता पुनर्विचार गर्नुपर्ने अवस्थामा पुगिसकेको र कतिपय देशहरुमा न्युनतम ज्याला र सुरक्षा वीमा अभावका कारण नेपालीहरुको ज्यान नै जोखिममा परेको स्थितिबारे सरकारको ध्यानाकर्षण गराइन् ।

उनले वैदेशिक सम्बन्धमा थप मेहनत गर्नुपर्ने बताउँदै आर्थिक र कुटनीतिक विषयलाई विशिष्टीकृत गरेर कार्यक्रम बनाइनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + thirteen =