बजाज नेपालले सम्पन्न गर्यो ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता


काठमाडौं । बजाज नेपालले Wheels of Memory फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ ।
सो प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको छ । प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्बिरहरू शेयर गर्न आमन्त्रण गरिएको थियो ।
यो अभियानले उल्लेख्य सहभागितासँगै बजाज र ग्राहकहरूबिचको बलियो सम्बन्धलाई नेपालका विभिन्न स्थान, समय र सन्दर्भ अनुसार अझै आत्मीय रुपमा झल्काउने अवसर प्रदान गरेको छ ।
प्रतियोगितामा ७० भन्दा बढी सहभागीहरूबाट सिर्जनात्मक, कलात्मक र भावनात्मक तस्बिरहरू प्राप्त भएको छ । तीमध्ये बहुपक्षीय मूल्याङ्कन अनुरूप १२ जना विजेता छनोट गरिएको छ ।
सम्मान स्वरूप यी १२ फोटोग्राफीलाई आगामी बजाज नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ । प्रत्येक विजेताले १०,००० बराबरको गिफ्ट ह्याम्पर पनि जित्नेछन् ।
विजेता तस्बिरहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन गरिनेछ, जुन वैशाख १६ देखि २७ गतेसम्म भृकुटीमण्डपमा भइरहेको छ । कर्निभलमा ग्राहकहरूका लागि आकर्षक अफरहरू छन् । कुनै पनि बजाज बाइक मात्र नागरिकताकै भरमा शून्य सर्भिस चार्जमै खरिद गर्न सकिन्छ ।
साथै अन द स्पट फाइनान्स सुविधा, निःशुल्क एसेसोरीज र २० भन्दा बढी विज्ञ मूल्यांकनकर्ताहरुबाट ग्यारेन्टी गरिएको उच्चतम मूल्यांकनको व्यवस्था छ । नयाँ बाइक खरिदकर्ताहरूले बजाज खुसीको मिटर खेल्ने अवसर समेत पाउनेछन्, जसबाट थप आकर्षक पुरस्कारहरू जित्न सकिन्छ ।
हंसराज हुंलासचन्द एन्ड कम्पनीका मार्केटिङ विभाग प्रमुख अमितराज चालिसेले Wheels of Memory प्रतियोगिता हाम्रो ब्रान्ड र ग्राहकहरूबिचको आत्मीय सम्बन्ध झन् मजबुत बनाउन गरिएको प्रयास हो ।
प्रत्येक नेपाली महिनालाई सम्मान गर्दै, बाइक प्रेमीहरूको जोश, सृजनशीलता र समर्पणलाई समेट्न पाउँदा हामी निकै उत्साहित छौं । यो अभियानले ग्राहकहरूलाई अझ नजिक ल्याएको छ र हाम्रो यात्रालाई थप अर्थपूर्ण बनाएको जानकारी गराएका छन् ।
बजाज मोटरसाइकलहरू स्टाइल, प्रफर्मेन्स र बजेटका हिसाबले नेपालमा लामो समयदेखि विश्वासिलो ब्रान्ड बनिरहेको छ । Wheels of Memory जस्ता अभियानहरूमार्फत बजाजले नेपाली बाइकिंग समुदायसँगको सम्बन्ध अझ बलियो बनाउँदै गएको छ ।
