घरमा होइन रिसोर्टमा लडेर घाइते भएका थिए प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ टेरेस रिसोर्टमा लडेर घाइते भएको खुलासा भएको छ ।

यसअघि प्रचण्ड घरको बाथरुममा चिप्लिएर घाइते भएको बताइए पनि उनी ललितपुर लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेको खुलेको हो ।

अध्यक्ष प्रचण्ड मंगलबार साँझ छोरी–ज्वाइँ र केही नजिकका आफन्त लिएर टेरेस रिसोर्ट पुगेका थिए । उनीहरूले त्यहाँ खानपानसहित रमाइलो गरेका थिए ।

तर, मध्यराति भने प्रचण्ड लडेर घाइते भए । प्रचण्ड लड्ने बित्तिकै उनलाई मेडिसिटी अस्पताल ल्याइएको थियो । त्यसपछि सामान्य उपचारपछि साढे चार बजेतिर उनलाई डिस्चार्ज गरिएको थियो ।

प्रचण्डको टाउकोमा तीन वटा टाँका लगाइएको छ भने उनको स्वास्थ्यावस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =