‘उर्फ दारासिङ’ : नेतृत्वको खराब प्रवृत्तिविरुद्ध आवाज उठाउन प्रेरित गर्ने नाटक (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा मौखिक इतिहासमा आधारित नाटक ‘उर्फ दारासिङ’ को मञ्चन सुरु भएको छ । गत वैशाख १६ गतेदेखि नाटक ‘उर्फ दारासिङ’ को मञ्चन सुरु भएको हो ।

यस नाटकले पञ्चायतकालीन समयमा उदाएका एक पात्र ‘दारासिङ’ को कथा भनेको छ । उनी व्यवस्थामा रहेका खराब नेतृत्वकर्ताहरूले जन्माएका एक प्रतिनिधि पात्र हुन् ।

नाटकमा उनी कसरी दारासिंह बने ?, के ले उसलाई दारासिंह बनायो ? भन्ने जस्ता प्रश्नहरूको उत्तर भेटिन्छ ।

समग्रमा भन्नुपर्दा नेतृत्वको खराब प्रवृत्ति विरुद्धको नाटक हो यो । व्यवस्था आफैँमा खराब नहोला तर नेतृत्वको खराबीपनले आजपनि धेरै दारासिंहहरू जन्मी रहेका छन् भन्ने कुरालाई यस नाटकले नाटकीय ढंगमा प्रस्तुत गरेको छ ।

यस नाटकका लेखक सुमन लिङदेन हुन् भने सुमन राई निर्माता हुन् । त्यसैगरी लासेमी केरुङ, मोनरथ पोखरेल, दिलिप राई, रुपा राई, सन्तोष वाहिङ राई सहनिर्माता र रुपेश लामा सहनिर्देशक हुन् । नाटकलाई चेतन आङथुपोले निर्देशन गरेका छन् ।

यसैगरी मञ्चमा कलाकार आकाश सुहाङ, अन्जना राई, मन कुमार योङहाङ, लहना राई, प्रविन मगर, दावा शेर्पा, मनी के। राई, नुमा राई, दायुलुङ, मनिक शंकर, प्रविन भण्डारी, सञ्जित थुलुङ, अजय लामा, चुगल लिम्बु, पवन गोले, युगल श्रेष्ठ र उज्ज्वल राईले अभिनय गरेका छन् ।

यो नाटक सोमबार बाहेक हरेक साँझ ५:३० बजे जेठ ११ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *