अहिले बिचौलिया राज छ, पार्टीदेखि आर्थिक संस्थाहरू कब्जामा छन् : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डाक्टर स्वर्णिम वाग्लेले बैंकर र व्यवसायी छुट्याउन जरुरी रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले आफू बैंक–व्यवसायी छुट्याउने पक्षमा रहेको बताए ।

उनले अहिले बिचौलियाको राज भइरहेको आरोप समेत लगाए । उनले पार्टीहरू बिचौलियाको कब्जामा रहेको र आर्थिक संस्थाहरू पनि कब्जामा रहेको बताए ।

उनले भने ‘बैंक–व्यवसायी छुट्याउन हुने वा नहुनेमा धेरै बहस भइरहेको छ, अहिलेको समयमा कतिको यो व्यवहारिक हो भन्दै एउटा समूहले प्रश्न उठाइरहेको छ । तर मेरो भनाइ छुट्याउनै पर्छ भन्ने नै छ । किनकि स्वार्थ बाझिन्छ । अहिले जुन बिचौलिया राज जुन भइरहेको छ । पार्टीहरू कब्जामा छन् । आर्थिक संस्थाहरू कब्जामा छन् । यो एकाधिकार बढ्दै जाँदा उनीहरू हाबी हुने अवस्था आएको छ यसलाई हामीले तोड्नैपर्ने हुन्छ ।’

वाग्लेकाअनुसार भावनामा बगेर भन्दा पनि आवश्यक अध्ययन तथ्यका आधारमा बैंक–व्यवसायी छुट्याउनेबारे निर्णय लिन जरुरी छ । अहिले गैर बैंकिङ सम्पत्ति डरलाग्दो तवरले बढेको समेत उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =