किसानलाई परिचय पत्रसहित सहुलियतमा ऋण दिइने

काठमाडौँ । सरकारले विपन्न किसानलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्ने भएको छ ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।

उनले किसानलाई परिचयपत्र दिइने बताए । किसानले पाउने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने बताए । उनले व्यावसायिक खेतीमा बाली लगाइसकेपछि अग्रिम खरिद सम्झौता गर्ने बताए ।

उनले भने ‘कृषि क्षेत्रमा दिइने अनुदानको लाभ प्राथमिक कृषकले मात्र प्राप्त गर्ने व्यवस्था मिलाइने छ । कृषि बीमाको दायरा बिस्तार गरिनेछ । विपन्न किसानलाई सहुलियतपूर्ण ऋण र परिचयपत्रसहित सेवा सुविधा दिइनेछ । किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिनेछ । व्यावसायिक खेतीमा बाली लगाउनु अघि न्यूनतम समर्थन मूल्य निर्धारण र बाली लगाएपछि अग्रिम कृषि उपज खरिद सम्झौता गरिनेछ ।’

राष्ट्रपति पौडेलले सरकारले कृषिमा दिने अनुदान प्राथमिक किसानलाई मात्रै दिने व्यवस्था गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =